Education that lifts a community शिक्षा समुदायको उत्थानको आधार
Kshamawati Secondary School is a community based public school serving Suspa Kshamawati in the hills of Dolakha. The school was establised in 2005 B.S. (1948 AD). Our school has the glorious history of being the first school in Dolakha district and in Janakpur Zone. We nurture learners from Kindergarten to Grade 12. We teach students in Education and Management faculties in Grade 11 and 12. क्षमावती माध्यमिक विद्यालय एक सामुदायिक सार्वजनिक विद्यालय हो जसले दोलखाको पहाडी क्षेत्र सुश्पा क्षमावतीमा सेवा पुर्याउँछ। विद्यालयको स्थापना वि.सं. २००५ (सन् १९४८) मा गरिएको हो। हाम्रो विद्यालयले दोलखा जिल्ला तथा जनकपुर अञ्चलको पहिलो विद्यालयको गौरवमय इतिहास बोकेको छ। हामी बालबालिकालाई शिशुकक्षादेखि कक्षा १२ सम्म शिक्षण प्रदान गर्छौं। कक्षा ११ र १२ मा हामी शिक्षा तथा व्यवस्थापन संकायमा अध्यापन गराउँछौं।
Our Story हाम्रो यात्रा
Kshamawati Secondary School is a community public school in Suspa Kshamawati, Dolakha. Established in 2005 B.S, it has served generations with grassroots support and was recognized as a Model School. The school's mission is to deliver accessible, quality education for all. Scholarships and government support ensure no child is left behind. क्षमावती माध्यमिक विद्यालय दोलखाको सुस्पा क्षमावतीमा अवस्थित सामुदायिक सार्वजनिक विद्यालय हो। सन १९४९ (वि.सं. २००५) मा स्थापना भएको यो विद्यालय समुदायको पहलबाट अघि बढ्दै ‘नमूना विद्यालय’ को रूपमा चिनिएको छ। हाम्रो ध्येय सबैका लागि पहुँचयोग्य र गुणस्तरीय शिक्षा हो। छात्रवृत्ति र सरकारी सहयोगले कुनै पनि बालबालिका पछि नपरोस् भन्ने सुनिश्चित गर्छ।
Mission उद्देश्य
Deliver strong foundations from early grades to higher secondary and technical streams, preparing students for further study, skilled work, and community leadership. बालविकासदेखि उच्च माध्यमिक र प्राविधिक धारासम्म सुदृढ आधार निर्माण गरी उच्च अध्ययन, सीपमूलक रोजगारी र सामुदायिक नेतृत्वका लागि विद्यार्थीलाई तयार पार्नु।
Community समुदाय
Strong parent, alumni and local leadership involvement; midday meal and scholarship programs. अभिभावक, पूर्वविद्यार्थी र स्थानीय नेतृत्वको सक्रिय सहभागिता; खाजा र छात्रवृत्ति कार्यक्रम।
Resilience लचिलोपन
Rebuilt safer classrooms and labs after the 2015 mega-earthquake through collective effort. सामूहिक प्रयासबाट २०१५ को महाभूकम्पपछि सुरक्षित कक्षा कोठा र प्रयोगशाला पुनर्निर्माण।
Academic Pathways शैक्षिक धाराहरू
Our curriculum aligns with the National Examination Board, blending classroom learning with practical skills relevant to local livelihoods. हाम्रो पाठ्यक्रम राष्ट्रिय परीक्षा बोर्ड मापदण्डअनुसार छ, जसले कक्षा शिक्षालाई स्थानीय जीविकासँग सम्बन्धित व्यवहारिक सीपसँग जोड्छ।
Early Childhood Development (ECD) बालविकास
We provide education from Early Childhood Development (ECD) through Grade 10 and also conduct higher secondary classes (+2 level) in multiple streams. The school is affiliated with Nepal’s National Examination Board (NEB) for +2 programs in Management and Education. बालविकासदेखि उच्च माध्यमिक र प्राविधिक धारासम्म सुदृढ आधार निर्माण गरी उच्च अध्ययन, सीपमूलक रोजगारी र सामुदायिक नेतृत्वका लागि विद्यार्थीलाई तयार पार्नु।
Diploma in Agriculture कृषि डिप्लोमा
A CTEVT-affiliated Agriculture program was conducted here in Plant Science from 2075 BS (2018 AD) to 2081 BS (2024 AD). सीटीईभीटीसँग सम्बन्धित कृषि कार्यक्रम यहाँ प्लान्ट साइन्समा वि.सं. २०७५ (ई.सं. २०१८) देखि वि.सं. २०८१ (ई.सं. २०२४) सम्म सञ्चालन गरिएको थियो।
Community and Achievements समुदाय र उपलब्धि
Over the years, the school has achieved recognition for academic excellence, extracurricular participation, and community engagement. Many of its graduates have gone on to higher education and professional careers, contributing to the development of Nepal. The introduction of +2 programs in Management and Education has further strengthened its reputation as a center for higher learning in rural Dolakha. विगतका वर्षहरूमा विद्यालयले शैक्षिक उत्कृष्टता, अतिरिक्त क्रियाकलापमा सहभागिता र सामुदायिक योगदानका लागि प्रशंसा प्राप्त गरेको छ। यहाँका धेरै विद्यार्थीहरूले उच्च शिक्षा र व्यावसायिक क्षेत्रमा प्रगति गर्दै नेपालको विकासमा योगदान पुर्याएका छन्। व्यवस्थापन र शिक्षा संकायमा +२ कार्यक्रम सुरु गरेसँगै विद्यालयले दोलखा जिल्लाको ग्रामीण क्षेत्रमा उच्च शिक्षाको केन्द्रको रूपमा आफ्नो प्रतिष्ठा अझ बलियो बनाएको छ।
Inclusive by design समावेशी शिक्षा
More than 90% of students come from the indigenous Thami community. The school maintains affordable fees and scholarships for deserving learners. यहाँका ९०% भन्दा बढी विद्यार्थी आदिवासी थामी समुदायका हुन्। विद्यालयले सक्षम विद्यार्थीका लागि छात्रवृत्ति र वहनयोग्य शुल्क संरचना अवलम्बन गर्छ।
Resilient Campus अनुकूलनीय पुनर्निर्माण
After the 2015 mega-earthquakes, partners helped rebuild classrooms, labs, and a student hostel, strengthening access for students from remote areas. वि.सं. २०७२ को महा-भूकम्पपछि सहकार्यकर्ताहरूको साथमा कक्षा कोठा, प्रयोगशाला र छात्रावास पुनर्निर्माण भई टाढाका विद्यार्थीका लागि पहुँच थप सुदृढ भयो।
Photo Gallery छायाचित्र प्रदर्शनी
Snapshots of school life including campus, classrooms, buildings and school grounds. क्याम्पस, कक्षा कोठाहरू, भवनहरू र विद्यालय परिसरका झलकहरू।
Admissions भर्ना प्रक्रिया
Admissions are open for ECD to Grade 10. SEE graduates may apply to Grade 11 streams. Primary and lower secondary are free, while Plus Two and Diploma carry minimal fees with waivers available. बालविकासदेखि कक्षा १० सम्म खुला भर्ना। SEE उत्तीर्ण विद्यार्थी कक्षा ११ (स्ट्रिम छनोट) मा आवेदन दिन सक्छन्। आधारभूत तह निःशुल्क; प्लस टू र डिप्लोमामा न्यूनतम शुल्क र छुटको व्यवस्था।
Intake Windows भर्ना अवधि
New session starts around April (Baisakh). Grade 11 admission opens after SEE results. शैक्षिक सत्र वैशाखतिर शुरू। कक्षा ११ को भर्ना SEE नतिजापछि खुला।
What to bring के कागजात चाहिन्छ
Birth certificate, previous records (if transfer), SEE marksheet for Plus Two. जन्मदर्ता, अघिल्लो विद्यालयका कागजात (ट्रान्सफर भएमा), प्लस टूका लागि SEE मार्कसिट।
Local Weather स्थानीय मौसम
Temperature तापक्रम
The 10-minute average air temperature in Suspa Kshamawati, Dolakha. सुस्पा क्षमावती, दोलखा, मा १० मिनेटको औसत हावाको तापक्रम
Relative Humidity सापेक्षिक आर्द्रता
The average over 10 minutes of the amount of moisture in the air relative to the maximum it can hold at that temperature निर्धारित तापक्रममा वायुमण्डलले धारण गर्न सक्ने अधिकतम चापसँग तुलना गर्दा हावामा रहेको आर्द्रताको १० मिनेटको औसत मान।
Dew Point शीत बिन्दु
The 10-minute average of the temperature at which air becomes saturated with moisture. हावा आर्द्रताले पूर्ण रूपमा संतृप्त हुने तापक्रमको १० मिनेटको औसत मान।
Precipitation वर्षा
Total rainfall accumulated over the last 10 minutes. पछिल्ला १० मिनेटमा जम्मा परेको वर्षा
Contact सम्पर्क
Suspa Kshamawati, Bhimeshwar-1, Dolakha, Nepal सुस्पा क्षमावती, भिमेश्वर-१, दोलखा, नेपाल